• २०८१ बैशाख १७ सोमबार

कालिकोटको मान्मामा कृषि विकास बैंकको आधुनिक अनलाईन बैकिङ्गको शुरुवात

kharibot

कालिकोट । कालिकोट जिल्ला खाडाचक्र नगरपालिका मान्मामा कृषि विकास बैंक लि.मा अनलाईन बैकिङ्गको शुभारम्भ भएको छ ।

कार्यक्रमको कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले हालै उद्घाटन गरेका छन्  । 

सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सेवाग्राही, खाडाचक्र नगरपालीकाका मेयर जसी प्रसाद पाण्डेले बैंकले उपलव्ध गराउने सेवाहरुले गरिव भन्दा गरिब किसानको जिवनस्तर उकास्नमा मद्दत पुगोस भन्दै बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कृषि विकास बैंक लि.ले प्रदान गर्ने सेवासुविधा तथा बैंकको एचयमगअत को बारेमा जानकारी गराउंदै स्थानीय जनताको सहयोग भएमा बैंकले निरन्तरता पाउने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले प्रकाश पारेका थिए । 

त्यस्तै गरी कृषि तथा लघुउद्यम विभागका विभागीय प्रमुख धु्रबचन्द्र गौतमले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको विषयमा प्रकाश पारेका थिए 

त्यस्तै कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय नेपालगंजका निर्देशक रामचन्द्र आचार्यले बैंकले अबका दिनमा मुगुबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारेका थिए यो । 

सो उदघाटन कार्यक्रममा कृषि विकास बैंक लि. मुख्य कार्यालय काठमाडौंका शाख प्रमुख तथा बैंकका प्रबक्ता हिमलाल पौडेल, कृषि विकास बैंक प्रमुख कार्यकारी अधिकृत कार्यालयका शा.अ. धर्मराज न्यौपाने, कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय नेपालगंजका शाखा अधिकृत नरेन्द्र शाहको उपस्थिति रहेको सो कार्यक्रम कृषि विकास बैंक कालिकोट बैंकिङ्ग कार्यालय, मान्माका प्रबन्धक जनक बहादुर शाहीको अध्यक्षता भएको थियो भने कार्यक्रमको संचालन कृषि विकास बैंक लि.बैकिङ्ग कार्यालय कालिकोटका लेखपाल विनयराज पाण्डेले गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै