• २०८१ बैशाख १७ सोमबार

सेयरबजारमा रातो सूचक : बीमा समूहमा पहिरो गयो, नौ समूहले गुमाए 

kharibot

काठमाडौं । नेप्से सूचक तथा कारोबार रकम दुवैमा उच्च अंकले गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १७ दशमलव ८१ अंकले घटेर १३ सय दशमलव ४१ अंकमा झरेको छ  भने सेन्सिटिभ तीन दशमलव ७८ अंकले घटेर दुई सय ७४ दशमलव ११ बिन्दुमा झरेको छ ।

आज कुल एक सय ६१ कम्पनीहरुको चार हजार नौ सय ५० वटा कारोबारमा १० लाख २३ हजार सात सय ३६ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर किनबेच हुदा कारोबार रकम ३९ करोड ६८ लाख ६७ हजार छ सय ५२ रुपैयाँ पुगेको छ । 

आज १० वटै समूहको कारोबार भएपनि टे«डिङ समूहको सूचकमा शुन्य दशमलव ८४ अंकले सुधार आएपनि बाँकी नौ वटा समूहको कारोबार सूचक उच्च अंकले घटेकाछन । सबैभन्दा उच्च अंकले घटेको बीमा समूहको सूचक एक सय २२ दशमलव ७९ अंकले घटेर छ हजार छ सय ६५ दशमलव ११ अंकमा झरेकोमा सात करोड ९८ लाख ४५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

वाणिज्य बैंक समूहको सूचक पनि १३ दशमलव २२ अंकले घटेर ११ सय ११ दशमलव १५ अंकमा झरेकोमा १६ करोड ३१ लाख ४२ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बिकास बैंक समूहको सूचक पनि आज १३ दशमलव ११ अंकले घटेर १४ सय ९९ दशमलव ५३ अंकमा झरेकोमा एक करोड ७४ लाख २४ हजार नौ सय रुपैयाँको खरिद बिक्री भएको छ । 

यसबाहेक आज जलबिद्युत, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समूहको सूचकमा पनि गिरावट आएको छ ।

बढी कमाउने कम्पनीको सुचीमा परेको रिलायन्स फाईनान्सको आज प्रतिकित्ता सेयर मूल्य सात रुपैयाँ दुई पैसाले बढेर एक स.य २२ रुपैयाँमा किनबेच भएको छ भने प्रोग्रेसिभ फाईनान्सको सेयर मूल्य पाँच रुपैयाँ ७४ पैसाले घटेर एक सय ६४ रुपैयाँमा कारोबार भएको छ । 

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको ग्लोवल आईएमई बैंकक भने आज प्रतिकित्ता तीन सय दुई रुपैयाँ अन्तिम मूल्यमा चार करोड ६० लाख १२ हजार सात सय ११ रुपैयाँको सेयर किनबेच भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय