काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आज देखि सुरु हुदै छ ।
प्रतियोगितामा सात प्रदेशका ७ टिम र ३ विभागीय टिम गरि १० टिमले सहभागिता जनाउदै छन् ।
राखेपद्वारा सार्वजनिक गरिएको खेल तालिकानुसार उद्घाटन खेलमा विभागिए टिम एपिएफ र प्रदेश ४ खेल्नेछन । यी दुई टिम किर्तीपुर मैदानम उत्रनेछन भने त्यस्तै मुलपानी मैदानमा प्रदेश ७ र प्रदेश ६ विच प्रतिस्पर्धा हुनेछ ।
आज देखि सुरु हुने यो प्रतियोगिता जेठ २९ गतेसम्म चल्नेछ ।
सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख हात पार्नेछन् । यस्तै म्यान अफ द सिरिजले रु एक लाख र विधागत उत्कृष्ट हुनेले जनही रु ५० हजार पाउने छन् ।