• २०८१ बैशाख १८ मंगलबार

डेवेन ब्राभोले लिए अविश्वसनीय क्याच, बलको गति १२९ किलोमिटर प्रतिघण्टा (भिडियोसहित)

kharibot

काठमाडौँ । गएराती आइपिएलको पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सबाट खेलेका वेस्टइण्डिजका अलराउण्डर डेवेन ब्राभोले आफ्नै बलिङमाल इएको क्याच यति बेला चर्चाको शिखरमा रहेको छ ।

चेन्नईले २ विकेटले हराएको यस खेलमा पहिला ब्याटिंग गरेको हैदरावादको ब्याटिंग लाइनअप ध्वस्त हुदै थियो । ६९ रनमा ५ विकेट गुमाएको हैदरावादले १५औ ओभरमा ब्राभोले बलिङ गर्न आएपछि अर्को झड्का खाएको थियो । ब्राभोको बल सामना गरेका युसुफ पठानले सिधा शट खेल्दा बल ब्राभोको हातमा पुग्यो र ब्राभोले कुनै गल्ति नगरी क्यास गर्दै युसुफलाई आउट गरे । 

ब्राभोले १२९ किलोमिटर प्रतिघण्टाको गतिमा आएको बललाई क्याच गरेका थिए । बल क्यास गरेपछि ब्राभो आफ्नो अन्दाजमा आफ्नै गीत ‘च्याम्पियन’ को शैलीमा डान्स गर्न थालेका थिए ।

ब्राभोले लिएको सो क्याच भिडियोमा हेरौ :
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै