बार्सिलोना क्लबका अर्जेन्टिनी फरवार्ड लिओनल मेसी क्लबका समकक्षी मिडफिल्डर आन्ड्रेज इनिएष्टाको विदाइमा दर्शकलाई अभिवादन गर्दै ।
आइतबार बार्सिलोनाको क्याम्प नाउ स्टेडियममा लिगको अन्तिम खेल रियल सोसिडाडसँग खेलेपछि इनिएष्टाप्रति क्लबले सम्मान गरेको हो ।
आजभन्दा २२ वर्षअघि इनिएष्टा बार्सिलोनामा आएका थिए ।
यो नै इनिएष्टाको बार्सिलोनामा अन्तिम खेल थियो ।