• २०८१ बैशाख १५ शनिबार

फोटो पत्रकार पूर्णिमाद्वारा सगरमाथाको आरोहण

kharibot

काठमाडौँ ।  फोटो पत्रकार पूर्णिमा श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्  । 

आरोही श्रेष्ठले शनिबार बिहान ८ः१० बजे शिखरमा पाइला टेकेको फोटो पत्रकार क्लबका प्रवक्ता दिपेश श्रेष्ठले जानकारी दिए । क्लबले उहाँको सफल आरोहणपछि सर्वोच्च शिखरमा पाइला टेक्ने श्रेष्ठ पहिलो नेपाली फोटो पत्रकार भएको दाबी गरेको छ । 

गोरखाको आरुघाट स्थायी घर भएकी २८ वर्षीया श्रेष्ठले यसअघि २६ सेप्टेम्बर २०१७ मा आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गरेकी थिइन् ।

आरोहणका क्रममा पत्रकार श्रेष्ठले पहिलोपटक सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनीसमेत गरेको क्लबले जनाएको छ । 

मुलुकको संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहयोगमा श्रेष्ठले उक्त फोटो प्रदर्शनी गरेकी थिइन्। उनी पाँच वर्षदेखि फोटो पत्रकारितामा सक्रिय छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै