खाना पकाउँदै गरेका मजदुरमाथि गोली प्रहार

खरीबोट

रुपन्देही ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा बुधबार बेलुका एक व्यक्तिमाथि गोली प्रहार भएको छ । 

जिल्लाको दक्षिण क्षेत्र मर्चवार कोटहीमाई गाउँपालिका– १ घर भएका अन्दाजी ४१ वर्षीय रामकेश धवललाई तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा अज्ञात समूहले गोली प्रहार गरेको हो । 

स्थानीय एक व्यक्तिको घरमा दिनभरि मजदुरी गरेर बेलुकी खाना बनाउन चुलोमा रोटी पकाउँदै गरेका बेला धवललाई आक्रमणकारीले पछाडिबाट आएर ढाडमा गोली हानेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । 

घाइतेलाई उपचारका लागि क्रिमसन मणिग्राममा प्राथमिक उपचारपश्चात् युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको प्रवक्ता पाण्डेले जानकारी दिए । घाइतेको अवस्था गम्भीर रहेको छ । 

सम्बन्धित समाचार

रुपन्देही सैनामैनामा भएको दुर्घटनामा एकको मृत्यु

बुटवल। रुपन्देही सैनामैना नगरपालिका–५ स्थित बुद्धनगरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा देवदह नगरपालिका–२ का ६० वर्षीय वीरबहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय, सालझण्डीका प्रहरी निरीक्षक

रुपन्देहीमा चट्याङ लागेर बालिकाको मृत्यु

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर आइतबार एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवाली रहेकी छन् । चट्याङ लागेर घाइते दीपिकालाई उपचारका लागि

रुपन्देहीमा सर्पदंश उपचार केन्द्र निर्माण हुँदै

बुटवल / रुपन्देहीको सैनामैना नगरपालिका– १० स्थित बनकट्टीमा सर्पदंशसहित अन्य रोगको उपचार केन्द्र निर्माण गरिएको छ । सो उपचार केन्द्रको ९० प्रतिशत काम पूरा भएको व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद घिमिरेले

बुद्ध–सर्किटमा रुपन्देहीको सैनामैना पनि समावेश, यस्ता छन् विभिन्न सर्किटहरू 

बुटवल । बहुचर्चित बुद्ध–सर्किटमा बुद्धकालीन सभ्यताको ऐतिहासिक क्षेत्र सैनामैना समेत समावेश भएको छ ।  रुपन्देही जिल्लाको सैनामैनामा बुद्धकालीन अवशेष फेला परेपछि यहाँका विभिन्न क्षेत्रहरू बुद्धकालीन महत्वका रहेको भन्दै पुरातत्व विभागले समेत चासो