• २०८१ बैशाख १६ आइतबार

रुपन्देहीको मर्चवारमा व्यापारी लुटिए

kharibot

प्रतिनिधि तस्बीर

भैरहवा (रुपन्देही) । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारका एकजना व्यापारी लुटिएका छन् । सम्मरीमाई गाउँपालिका–६ दयानगरस्थित सेमरा सडकखण्डमा उनीसँग रहेको नगद पाँच लाख लुटिएको प्रहरीले बताएको छ ।

मर्चवारी गाउँपालिका–३, रायपुर बस्ने ५० वर्षीय व्यापारी प्रकाश बरईलाई अज्ञात समूहले हतियार देखाएर रु पाँच लाख ५० हजार नगद लुटी फरार रहेको प्रहरीले जनाएको छ । भैरहवास्थित नबिल बैंकबाट रकम झिकी घर फर्किंदै गर्दा लुटेरा समूहले आइतबार साँझ उक्त रकम लुटेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै