• २०८१ बैशाख १६ आइतबार

एक्स्ट्राटेक लिजेन्ड कप: रुपन्देही लिजेण्डसलाई हराउदै रेस्ट अफ नेपाल फाइनलमा

kharibot

काठमाडौँ । रेस्ट अफ नेपाल  रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी 'एक्स्ट्राटेक लिजेन्ड कप' को फाइनलमा पुगेको छ ।

रेस्ट अफ नेपालले रुपन्देही लिजेण्डसलाई १६ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

रेस्ट अफ नेपालले दिएको ९५ रनको लक्ष्य पछाएको रुपन्देही लिजेण्डसले १० ओभरमा २ विकेट गुमाउदै ७८ रन बनाएको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको विनोद दासको कप्तानी रहेको रेस्ट अफ नेपालले १० ओभरमा ७ विकेट गुमाउदै ९४ रन बनाएको थियो ।

रेस्ट अफ नेपालका लागि विकास दलीले सर्बाधिक २१ रन बनाए भने दिपेन्द्र चौधरीले १९, पारस लुनियाले १४ र राजु बस्नेतले १० रनको योगदान दिएका थिए ।

त्यसति रुपनदेही लिजेन्ड्सका बलरसुशान मान श्रेष्ठले ३ विकेट लिएका थिए भने हरि थापा, क्रिशन कुँवर र पुनित पोखरेलले एक एक विकेट लिएका थिए ।

अब एक्स्ट्राटेक लिजेन्ड कपको फाइनलमा रेस्ट अफ नेपाल र २०१४ विश्वकप लिजेण्डस खेल्ने छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै