• २०८१ बैशाख १७ सोमबार

शशी थरुरविरुद्ध पत्नी हत्याको आरोपमा मुद्धा दायर

kharibot

काठमाडौँ । भारतीय कंग्रे का नेता एवं पुर्वविदेश राज्यमन्त्री शशी थरुरले आफ्नी पत्नी सुनन्दा पुस्करको मृत्यु प्रकरणमा अदालती कारवाहीको सामना गर्नुपर्ने भएको छ ।

यस प्रकरणको जांच गरिरहेको दिल्ली पुलिसले दिल्लीको पटियाला अदालतमा आफ्नो मुद्धा दायर गरेको छ ।

सुनन्दा पुस्करको मृत्युलाई सुरुमा आत्महत्याको हिसाबले हेरिएको भएपनि प्रहरीले कुनै संदिग्धको नाम नलिइ यसलाई हत्या भन्दै आएको थियो । तर अब प्रहरीले सुनन्दाका पति शशिव थरुरलाई आत्महत्याको लागि पत्नीलाई उक्साएको आरोप लगाएको छ ।

प्रहरीले मुद्धा दायर गरेपछि शशी थरुरले आरोपलाई आधारहीन बताउदै यसको विरुद्ध लडाई लड्ने बताएका छन् ।

सुनन्दाको मृत्यु १७ जनवरी २०१४ मा एक होटलमा मृत अवस्थामा भेटिएकी थिइन् । सुनन्दा र थरुरले २२ अगस्त २०१० मा विवाह गरेका थिए । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै