• २०८१ बैशाख १४ शुक्रबार

लेभान्टेविरुद्ध मेसी नखेल्ने, बार्सिलोनालाई अपराजित यात्रा जोगाउन चुनौती  

kharibot

काठमाडौँ । बार्सिलोनालको आज राति ला लिगा अन्तर्गतको लेभान्टेसँग खेलका लागि लियोनेल मेसी नखेल्ने भएका छन् । 

बार्सिलोनाले जारी गरेको लेभान्टेविरुद्ध खेल्ने १८ सदस्यीय खेलाडीको सुचीमा मेसी छैनन् ।

बार्सिलोनाले मेसी नखेल्ने कारण भने खुलाएको छैन । पुरै सिजन अपराजित रहेको बार्सिलोना बाँकी दुई खेलमा अपराजित रहेर सिजन टुंगाउने प्रयासमा रहेका बेलमा यस खेलमा नखेल्नुलाई आश्चर्यजनक रुपमा हेरिएको छ । मेसीको भूमिका टिममा महत्वपूर्ण रहेकाले उनको अनुपस्थितिमा बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई जोगाउने चुनौती देखिएको छ । 

मिडिया रिपोर्टका अनुसार रियल सोसीयडाडसँग हुने ला लिगाको अन्तिम खेलका लागि मेसीलाई आराम दिइएको छ भने विश्वकपलाई ध्यानमा राखेर पनि मेसीलाई आराम दिइएको बताइएको छ । 

लेभान्टेको घरेलु मैदानमा हुने यस खेलमा बार्सिलोनाले जितेर आप्राजित रेकर्ड कायम राख्ने बार्सिलोनाका म्यानेजर इर्नेस्टो भाल्भार्डेले बताएका छन् ।

यस सिजनमा खेलेका २१ अवे खेलमा बार्सिलोना अपराजित रहेको छ, जसमा १५ जित र ६ बराबरी रहेका छन् ।

बार्सिलोनाका लागि आजको खेलमा टेर स्टेगेन, सेमेडो, पिके, राकाटिक, सर्जियो, डेनिस स्वरेज, इनेस्टा, लुइस स्वरेज, डेम्बेले, कोन्टिन्हो, सीलेस्सेन, पाउल्हिन्हो, अल्कासेर, अल्बा, डिग्ने, जोमेज, मिना र भरमाएलेन रहेका छन् । 

बार्सिलोना ला लिगामा पछिल्ला ४३ खेलमा अपराजित रहेको छ । गत बर्षको अप्रिलदेखि खेलेका ला लिगाका खेलमा बार्सिलोना अपराजित हुदै आएको छ । 

यस सिजनमा खेलेका ३६ खेलमा बार्सिलोना २७ खेलमा जित हासिल गरेको छ भने ९ खेलमा बराबरीमा रोकिएको छ   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै