• २०८१ बैशाख २४ सोमबार

फेब्रुअरीसम्म खेलविहिन हुने भयो इन्टर मियामी, के गर्लान मेसी ?

kharibot

काठमाडौँ । इन्टर मियामी अमेरिकन लिग सकर (एमएलएस) को प्लेअफमा छनौट हुन असफल भएपछि अब लियोनेल मेसीको भविष्यको बारेमा अड्कलबाजी शुरु भएको छ ।

इन्टर मियामी अब एमएलएसमा २ खेल खेल्न बाँकी छ । अक्टोबर २२ मा अन्तिम खेल खेलेपछि अब इन्टर मियामीको नयाँ लिगमा फेब्रुअरीमा मात्र खेल शुरू हुने हुनाले यति लामो ब्रेकसम्म मेसीले के गर्छन् भन्ने प्रश्न उठेको छ । जुलाईमा इन्टर मियामी गएपछि मेसीले शानदार शुरुवात गर्दै क्लबलाई एकपछि अर्को जित दिलाएका थिए । तर इन्टर मियामीले जित्नैपर्ने खेलहरुमा मेसी घाइते भएर खेल्न नसक्ने भएपछि क्लब यस सिजनमा शिर्ष ९ स्थानसम्म परेर प्लेअफका लागि छनौट हुन असफल भएको छ । 

साढे २ बर्षका लागि इन्टर मियामीसँग सम्झौता गरेका मेसीले इन्टर मियामीका लागि १३ खेलमा १२ गोल गरेका छन् । मेसीको आगमनपछि खेलेका खेलमा इन्टरमियामीले ८ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ ।

आम अक्टोबर २२ पछि इन्टर मियामीको सिजन समाप्त हुने छ भने मेसीसँग अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय खेल खेल्ने मात्र विकल्प बाँकी रहने छ । फेब्रुअरीसम्म इन्टर मियामीमा खेलविहिन हुने भएपछि मेसी लोनमा बार्सिलोना जानसक्ने अड्कलबाजी शुरु भएको छ । 

अब लिगमा इन्टर मियामीले अक्टोबर १८ र २१ मा चार्लोटेसँग होम र अवे खेल खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै