• २०८१ बैशाख १७ सोमबार

सातामा दुई अर्ब १९ लाख रुपैयाँको सेयर खरिदबिक्री

kharibot

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २९ हजार तीन सय १९ कारोबारबाट दुई अर्ब १९ लाख ९९ हजार रुपैयाँ बराबरका ४८ लाख १२ हजार सात सय ७० कित्ता सेयरहरु खरिदबिक्री भएका छन् ।

कारोबार रकम गत साताभन्दा २७ दशमलव ७६ प्रतिशत बढी हो । गत साता १७६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १८ हजार चार सय ८३ कारोबारबाट एक अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपैयाँबराबरका ३२ लाख ४४ हजार पाँच सय कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा पाँच दशमलव १९ अंकले घटेर अन्तिम दिन १३ सय ४८ दशमलव ४५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ७९ अंकले  घटेर दुई सय ८४ दशमलव ५९ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम १२ करोड ७३ लाख ४० हजार रुपैयाँको आधारमा बुटवल पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या छ लाख ३८ हजार कित्ता को आधारमा सिभिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या ३९ सय ३५ वटाको आधारमा बुटवल पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सूचीकरणतर्फ भने यो साता तीनवटा कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको छ । 

सातामा सर्वाधिक रकमको कारोबार भएका पाँच कम्पनीहरुमा बुटवल पावर कम्पनी लिमिटेड, सिभिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंक रहेका छन् ।

यस्तै यो साता सूचीकरणतर्फ भने कन्काई विकास बैंको बोनस २९०००० कित्ता, काबेली विकास बैंकको हकप्रद ३५०८८० कित्ता, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको हकप्रद २८६७२२५.६२ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै