• २०८१ बैशाख १७ सोमबार

ग्यास बुलेट त्रिशूलीमा खस्यो

kharibot

रत्ननगर । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीबाट आज एउटा ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ । 

उक्त दुर्घटनामा परी घाइते भएका बुलेटका चालक राजु ओलीको प्रहरीले उद्धार गरेको छ । 

भारतबाट काठमाडौँ जाँदै गरेको एचआर३एचआर ९७७० नं को ग्यास बोकेको बुलेट अनियन्त्रित भई पल्टिएर त्रिशूली नदीमा खसेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । बुलेटको डिब्बा छुट्टिएर पानीमा डुबेकाले अहिले निकाल्ने प्रयास भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै