• २०८१ बैशाख १६ आइतबार

नारायणगढ–मुग्लिन सडक थप तीन साता दैनिक ४ घण्टा बन्द गरिँदै

kharibot

फाइल तस्बीर

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुल निर्माणका लागि भित्तो काट्ने काम नसकिएपछि थप तीन साता बन्द गरिने भएको छ ।

यस सडकखण्ड अन्तरगतको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि अन्तिम पटक भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न अनुमति दिएको हो ।

यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गर्ने भनिए पनि काम नसकिएपछि तेस्रो पटक थप गरिएको हो । अन्तिम पटक दिइएको म्याद भोलि सकिँदै छ । 

यसपटक भने समयमै सकिने सडक नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिएका छन् । उनले भने- ‘जिल्ला प्रशासन कार्यालय चितवनबाट आज नै अन्तिम पटकको लागि भनेर फागुन १२ गतेसम्म २१ दिनको लागि चट्टान पहाड फोर्न म्याद थप भएको छ । यही अवस्थामा दिएको म्यादसम्म सकिन्छ।’

उनका अनुसार हालसम्म २१ मिटर ढिस्को काटिएको छ । ३४ मिटरबाट ढिस्को काट्न थालिएको छ र अब १३ मिटर बाँकी छ ।

त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २६ मिटर तल झारिएको थियो । बाँकी ढिस्को फागुन १२ गतेसम्म भत्काइने उनले बताए । सडक आयोजनाले मध्यान्न १२ बजेदेखि दिउँसो चार बजेसम्म सडक बन्द गरेर काम गर्दै आएको छ ।

गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको उनले जानकारी दिए। आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ। गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएको थियो ।

यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो। पुलको लागत एक अर्ब २८ करोड रुपैयाँ छ। सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा यो सडक रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै