काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले यातायातको क्षेत्रमा भएको सिन्डिकेट हटाउन सरकारले चालेको कदमको स्वागत गरेका छन् ।
नेता थापाले यसलाई सार्थक निष्कर्षमा पुर्याउन सरकारलाई सुझाव पनि दिएका छन् । उनले यातयातक्षेत्रलाई व्यवस्थित बनाउन निजि क्षेत्रलाई स्वस्थ प्रतिष्पर्धाको वातावरण बनाउनु पर्ने, ग्रामिण भेगमा सार्वजनिक यातायातको सुनिस्चितता एवं दुर्घटना हुँदाका क्षतिपूर्तिजस्ता विषयलाई पनि तत्काल मापदण्ड बनाएर व्यवस्थित गर्न आग्रह गरेका छन् ।
यातायात क्षेत्रमा देखिएको सिन्डिकेट हटाउन सरकारले गैरसरकारी संस्थाको रुपमा दर्ता भएका समितिहरुलाई दर्ता र नविकरण नगर्ने निर्णय गर्दै यातायात व्यवसायमा संलग्न हुन् कम्पनी बनाएर जानु पर्ने व्यवस्था सुरु गरेको छ ।
सरकारको निर्णयको विरोधमा यातायात व्यवसायीले आन्दोलनको घोषणा गरेको बेला काँग्रेस नेता थापाले सार्वजनिक रुपमा सरकारको निर्णयको स्वागत गरेका छन् ।