• २०८१ बैशाख १९ बुधबार

नेपाल इन्स्योरेन्सको ३० करोडको हकप्रद आजबाट

kharibot

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ३० करोड १९ लाख ८८ हजार छ सय १० रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला भएको छ ।

कम्पनीले पुँजीवृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार छ सय १० रुपैयाँ मध्येबाट एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी ३० लाख १९ हजार आठ सय ८६ दसमलव १० कित्ता हकप्रद सेयको बिक्री खुल्ला भएको हो । 

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत आजबाट खुल्ला भएको हकप्रद सेयरको बिक्री कार्य जेठ आठ गतेसम्म जारी रहने छ । अधिकृत पुँजी दुई अर्ब तथा जारी पुँजी ६० करोड ३९ लाख ७७ हजार दुई सय २० रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी ६० करोड ३९ लाख ७७ हजार सात सय २० रुपैयाँ पुग्ने छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड २७ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै