• २०८१ बैशाख १९ बुधबार

नेपाल इन्स्योरेन्सकाे बोनस सेयर डिम्याट खातामा जम्मा

kharibot

काठमाडौं । नेपाल इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले गत १६ जेठसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरूले खातामा बोनस सेयर पाउन पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

त्यसपछि बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको ३० जेठमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै