काठमाडौँ । नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।
लामो समयदेखि मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा उपचार भैरहेको छ ।
उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको पारिवारिक स्रोतले जनाएको छ । अहिले स्वास्थ्यमा केही सुधार भएको परिवारले बताएका छन् ।
यसैबीच उणको स्वास्थ्य लाभको कामना गर्दै गृहजिल्ला दाङमा पूजाआजा गरिएको छ । पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकले खड्काको स्वास्थ्य लाभको कमना गर्दै बिहीबार पूजा गरेका हुन् ।
गत फागुन ५ गते अचानक अस्वस्थ भएपछि नेता खड्कालाई काठमाडौँस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । बाथरुम जाँदा लडेर असजिलो भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
त्यति बेला नेता खड्काको मुटुको चालमा असामान्य तीव्रता देखिको हुँदा थप उपचारका लागि खड्कालाई दिल्लीस्थित अपोलो अस्पताल लागिएको थियो ।