• २०८१ बैशाख १५ शनिबार

एसी मिलानलाई हराउदै आर्सनल युरोपा लिगको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ ।  आर्सनल युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा इटालियन क्लब एसी मिलानलाई ३-१ गोल अन्तरले पराजित गर्दै पहिलो लिगको २-० सहित समग्रमा ५–१ को जिसहित युरोप लिगको अन्तिम आठमा स्थान बनाउन सफल भएको छ । 

खेलको ३५औ मिनेटमा एसी मिलानले गोल गर्दै खेलमा अग्रता बनाएको थियो तर खेलको ३९औं मिनेटमा आर्सनलले पाएको पेनाल्टीलाई वेलबेकले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्याए । 

त्यसपछि खेलको ७१औ मिनेटमा ग्रानीट झाकाले आर्सनललाई २–१ को अवस्थामा पुर्याए । खेलको ८६औं मिनेटमा पुन वेलबेकले गोल गरे र आर्सनल ३-१ ले विजयी भयो । 

आर्सनल २००९-१० मा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेपछि कुनै युरोपियन प्रतियोगिताको क्वाटरफाइनलमा पहिलो पटक पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै