• २०८१ बैशाख १६ आइतबार

युरोपा लिगमा लिभरपुलको लगातार तेस्रो जित

kharibot

काठमाडौँ । युइएफए युरोपा लिग अन्तर्गत लिभरपुलले फ्रेन्च क्लब टोउलोउसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले टोउलोउसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा डिओगो जोटा, वाटारु एनडो, डर्विन नुनेज, रियान ग्राभेनबेर्च र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

त्यसैगरी टोउलोउसका लागि थिज डालिंगाले एक गोल फर्काएका थिए ।

यो यस सिजनको युरोपा लिगमा लिभरपुलको लगातार तेस्रो जित हो । समुह ई मा रहेको लिभरपुलको यो जितपछि ३ खेलमा ९ अंक भएको छ । त्यसैगरी टोउलोउसको ३ खेलमा ४ अंक रहेको छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय