काठमाडौँ । बार्सिलोनाले काटालान सुपर कप जितेको छ । गएराती भएको फाइनलमा इस्पेनियोललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बार्सिलोनाले सो उपाधि जितेको हो ।
पेनाल्टी सुटआउटमा बार्सिलोनाले ४-२ ले इस्पेनियोललाई पराजित गर्दै सुपरकोपा डे काटालुनियाको उपाधि जितेको हो ।
आफ्ना प्रमुख खेलाडीलाई आराम दिएर सिनियर टिमका ८ र बार्सिलोनाका बि टिमका १२ खेलाडी समावेश गरिएको यस खेलमा सिनियर टिमबाट औसमन डेमबेले, डेनिस स्वरेज, एलेक्सिस भिडाल लगायतका खेलाडीहरु खेलेका थिए ।
प्रत्येक २ बर्षमा हुने यस प्रतियोगिता यस अघि कोपा काटालुनियाका नामले खेलिन्थ्यो ।
२०१४ देखि प्रत्येक २ बर्षमा यस काटालान क्षेत्रबाट उत्कृष्ट हुने दुई टिमबीच फाइनल खेल्ने र उपाधि दिने गरियो । जसको पहिलो सिजन इस्पेनियोलले जितेको थियो भने अहिले बार्सिलोनाले जितेको छ ।