काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले गेटाफेलाई पराजित गरेको छ । गएराती भएको खेलमा रियलले गेटाफेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
क्रिस्टियानो रोनाल्डो खेलेको खेलमा रियललाई जिताउने उनले दुई गोल गरेका थिए भएन ग्यारेथ बेलले एक गोल गरेका थिए ।
खेलको २४औ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए । त्यसपछि खेलको ६५औ मिनेटमा गेटाफेले पेनाल्टी पायो । पेनाल्टीलाई गोलमा परिणत गर्दै गेटाफेका पार्टिल्लोले गेटाफेलाई खेलमा फर्काउने कोसिस गरे ।
तर खेलको ७८औ मीनेटमा रोनाल्डोले अर्को गोल गर्दै रियलले ३-१ को अग्रता लियो । त्यस पछि खेलमा कुनै गोल भएन र खेल रियलले ३-१ ले जित्यो । खेलको ४७औ मिनेटमा गेटाफेका लोइक रेमीले दोहोरो पहेलो कार्ड पाउदै मैदान छोडेपछि गेटाफे १० खेलाडीमा सिमित भएको थियो ।
यस खेलमा रोनाल्डोले नयाँ रेकर्ड बनाएका छन् । उनले ला लिगामा ३ सय गोल गरेका छन् । यस सिजनमा खेलेका २१ खेलमा १६ गोल अग्रेका रोनाल्डोले ला लिगामा कुल २८६ खेल खेल्दै ३०१ गोल गरेका हुन् । रोनाल्डो ला लिगामा ३ सय गोल गर्ने मेसीपछि दोस्रो खेलाडी हुन् । मेसीले ला लिगामा ४०८ खेलमा ३७२ गोल गरेका छन् । तर मेसीले भन्दा ४८ खेल कम मै रोनाल्डोले आफ्नो ३ सयौ गोल पुरा गरेका छन् । मेसीले ३३४ खेलमा आफ्नो ३ सयौ गोल पुरा गरेका थिए ।
त्यस्तै रोनाल्डोले हेड मार्फत ला लिगामा ५० गोल गरेका छन् । २००३/४ देखि अहिलेसम्म हेड मार्फत ५० गोल गर्ने रोनाल्डो पहिलो खेलाडी हुन् ।
जित पछि ला लिगामा रियलको २७ खेलमा ५४ अंक रहेको छ । शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १२ अंकले पछाडी रहेको रियल ला लिगामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै गेटाफे २७ खेलमा ३६ अंकसहित लिगको १०औ स्थानमा रहेको छ ।