• २०८१ बैशाख १७ सोमबार

रियल म्याड्रिडको जितमा बिबिसीको उत्कृष्ट प्रदर्शन, रोनाल्डोले गरे दुई गोल 

kharibot

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले डिपोर्टिभो आल्भेजलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

रियलको जितमा बिबिसी अर्थात बेन्जमा, बेल र क्रिस्टियानोले गोल गरेका थिए । खेलको ४४औ मिनेटमा बेन्जामाको असिस्टमा रोनाल्डोले गोल अग्र्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको सुरुमै खेलको ४६औ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियलको अग्रतालाई दोब्बर पारेका थिए । त्यसपछि खेलको ६१औ मिनेटमा रोनाल्डोले अर्को गोल गरे र रियल खेलमा ३-० ले अगाडी भयो ।

खेलको ८९औ मिनेटमा रियलले पाएको पेनाल्टीलाई गोल गर्दै बेन्जामाले रियललाई ४-० को जित दिलाएका थिए । 

यस खेलमा २ गोल गरेर रोनाल्डोले ला लिगाको यस सिजनमा गोल संख्या १४ पुर्याएका छन् । ला लिगामा मेसीले २२ गोल गरेर शिर्ष स्थानमा रहेका छन् भने लुइस स्वरेजले २० र इआगो आस्पासले १६ गोल गरेका छन् ।   

रियल म्याड्रिडले पहिलो पटक यस सिजनमा ला लिगामा ४ लगातार खेलमा जित हासिल गरेको छ भने सबै प्रतिष्पर्धामा ५ खेलमा लगातार जित हासिल गरेको छ । 

जित पछि रियल म्याड्रिड २५ खेलमा ५१ अंक सहित लिगको तेस्रो स्थानमा रहेको छ भने शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १४ अंकले पछाडी रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडको २४ खेलमा ५५ अंक रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै