काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुभकामना सन्देश पठाएका छन् ।
अमेरिकास्थित नेपाली राजदूतावास मार्फत उनले यो सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सन्देशमा नेपालको दिगो विकास र स्थायी सरकारका लागि शुभकामनान दिएका छन्।
शुभकामना सन्देशमा दुई देशबीचको दुईपक्षीय सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास लिइएको छ।