• २०८१ बैशाख १५ शनिबार

ला लिगामा रियल म्याड्रिडको जित, असेन्सियोले गरे दुई गोल 

kharibot

काठमाडौँ । स्पेनीस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ ।

म्याड्रिडले बेटिसलाई ५–३ गोल अन्तरले पराजित गरेको हो ।

गोलको वर्षा भएको खेलमा म्याड्रिडको जितमा मार्को असेन्सियोले दुई गोल गरे । खेलको ११औं मिनेटमा मार्कोको गोल मार्फत अग्रता बनाएको म्याड्रिडविरुद्ध ३३औं मिनेटमा बेटिसले गोल गर्दै खेल बराबरी गरेको थियो ।

त्यसपछि ३७औं मिनेटमा नाचोले आत्मघाती गोल गर्दा बेटिस एक गोलले अगाडि रह्यो । म्याड्रिडका लागि सर्जियो रामोसले खेलको ५०औ मिनेटमा, असेन्सियोले खेलको ५९औ मिनेटमा र क्रिस्टियानो रोनाल्डोले खेलको ६५औ मिनेटमा गोल गर्दै खेल ४-२ को अवस्थामा पुगेको थियो । त्यसपछि खेलको ८५औ मिनेटमा बेटिसका सर्जियो लियोनले गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए । खेलको इन्जुरी समयमा म्याड्रिडका लागि करीम बेन्जमाले गोल गरे र खेल म्याड्रिडले ५-३ ले जित्यो ।

मार्को असेन्सियोले यो सिजनमा रियल म्याड्रिडका लागि ९ गोल गरेका छन् ।

जितपछि रियल म्याड्रिड २३ खेलमा ४५ अंक सहित लिगको चौथो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा रियल १७ अंकले पछाडी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय