• २०८१ बैशाख १५ शनिबार

विश्वकप क्रिकेट छनौटमा नेपाल समुह ‘बि’ मा 

kharibot

काठमाडौं । युएईसँग ७ रनले पराजित भएको नेपाल विश्वकप क्रिकेट छनौटको समूह ‘बी’ मा परेको छ । 

नेपालले अब विश्वकप क्रिकेटमा स्थान बनाउन मार्च ४-२५ सम्म जिम्बावेमा हुने छनौट प्रतियोगितामा घरेलु टोली जिम्बावेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग खेल्ने भएको छ । त्यस्तै युएईले भने समूह ‘ए’ मा रहेका वेष्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड र पपुवा न्युगिनीसँग खेल्ने भएको छ । 

विश्वकप क्रिकेटका लागि सेप्टेम्बर ३०, २०१७ सम्म आसीसी र्याँकिंगमा रहेका टप ८ टिमले विश्वकपमा सिधै ठाउ बनाइसकेका छन् । जसमा भारत, अस्ट्रेलिया, पाकिस्तान, दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश न्युजील्याण्ड, इङल्याण्ड रहेका छन् । 

कुल १० टिम सहभागी हुने क्रिकेट विश्वकपमा बाँकी दुई टिमको छनौट यी १० टिमसँगको प्रतिष्पर्धाबाट छानिने छन् ।  

दुई समुहमा रहेक ५-५ टिम एक अर्कासँग एक-एक पटक खेल्ने छन् भने दुवै समुहबाट शिर्ष तीन-तीन टिम सुपर सिक्समा खेल्ने आसीसीले जनाएको छ । सुपर सिक्समा खेलेका शिर्ष दुई टिम नै विश्व कपका लागि छनौट हुनेछन् ।

प्रतियोगिता फागुन २० गतेदेखि सुरु हुनेछ । पहिलो खेल नेपालले त्यसै दिन घरेलु टोली जिम्बाबेसँग खेल्नेछ । दोस्रो खेल फागुन २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र चौथो खेल २८ गते नेपालले हङकङसँग खेल्नेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै