• २०८१ बैशाख १६ आइतबार

यू-१९ विश्वकप क्रिकेट छनौट खेलका लागि १४ सदस्यीय टिमको घोषणा

kharibot

काठमाडौँ । आगामी अप्रिल १० देखि २० सम्म मलेसियामा हुने अन्डर १९ विश्वकप छनौटको एशिया क्वालिफायरका लागि १४ सदस्यीय अन्तिम टिमको घोषणा गरीएको छ ।  

मलेसियामा हुने यू-१९ विश्वकप छनौट खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिम छानिएको हो ।

अन्डर १९ टिममा रोहितकुमार पौडेल (कप्तान) , मोहमद आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, रसिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि बहादुर चौहान, प्रतिष जिसी र  सुर्य तामाङ रहेका छन् ।

त्यस्तै रिजर्भ खेलाडीमा आकास चन्द, लोकेश बहादुर बम, रवि कुमार शाह र शेर मल्ल रहेका छन् । 

त्यस्तै टिमको प्रमुख कोचमा बिनोद कुमार दास रहेका छन् भने बिक्रम न्यौपाने फिजियो तथा टिम म्यानेजर तथा एनालिष्ट रमन शिवाकोटी रहेका छन् । 

नेपाली यू-१९ टिम अप्रिल ६ मा मलेसियातर्फ प्रस्थान गर्ने छ ।

मलेसियामा नेपाली यू-१९ टिमले अप्रिल १२ मा सिंगापुर, अप्रिल १३ मा युएईविरुद्ध खेल्ने छ । त्यस्तै अप्रिल १५ मा मलेसियासँग खेल्ने छ भने अप्रिल १६ मा ओमानसँग खेल्ने छ । छनौट खेलको अन्तिम खेल अप्रिल १८ मा कुवेतविरुद्ध खेल्ने छ । 

छनौट प्रतियोगिताको विजयी टिम एशिया क्षेत्रबाट विश्वकपका लागि छनौट हुने छ ।

नेपाली यू-१९ टिमले हालै भारतको आन्ध्र स्टेट क्रिकेट टिमसँग हुने ६ अभ्यास खेल खेलेर फर्किएको थियो । नेपालले आन्ध्राको यू-१९ टिमलाई ४-२ ले पराजित गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै