• २०८१ बैशाख १६ आइतबार

यू-१९ विश्वकप क्रिकेट छनौट : सिंगापुरविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै 

kharibot

काठमाडौँ । यू-१९ विश्वकप क्रिकेट छनौटको एशिया क्वालिफायर अन्तर्गत नेपालले आज सिंगापुरको सामना गर्दै छ ।

सिंगापुरविरुद्ध नेपालले टस हारेको छ भने पहिला ब्याटिंग गर्ने भएको छ । नेपाली समय अनुसार खेल बिहान ७ बजेर ४५ मिनेटमा शुरु हुनेछ ।

नेपाली टिमले मलेसियामा नेपाली यू-१९ टिमले अन्डर १९ विश्वकप छनौटको एशिया क्वालिफायर प्रतियोगिता अन्तर्गत आगामी अप्रिल १२ मा सिंगापुरसँग पहिलो खेल खेल्दै छ । 

त्यस्तै दोस्रो खेल  अप्रिल १३ मा युएईविरुद्ध खेल्ने छ । त्यस्तै अप्रिल १५ मा तेस्रो खेल आयोजक मलेसियासँग खेल्ने छ भने अप्रिल १६ मा चौथो खेल ओमानसँग खेल्ने छ । छनौट खेलको अन्तिम तथा पाँचौ खेल अप्रिल १८ मा कुवेतविरुद्ध खेल्ने छ । 

छनौट प्रतियोगिताको विजयी टिम एशिया क्षेत्रबाट विश्वकपका लागि छनौट हुने छ । 

मलेसियामा हुने एशिया स्तरको यू-१९ विश्वकप छनौट खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिम छानिएको छ ।

यू-१९ टिममा रोहितकुमार पौडेल (कप्तान) , मोहमद आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, रसिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि बहादुर चौहान, प्रतिष जिसी र सुर्य तामाङ रहेका छन् ।

त्यस्तै टिमको प्रमुख कोचमा बिनोद कुमार दास रहेका छन् भने बिक्रम न्यौपाने फिजियो तथा टिम म्यानेजर तथा एनालिष्ट रमन शिवाकोटी रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै