काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसमाथि शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३-० अन्तरले पराजित गरेको हो ।
रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनियर र करिम बेन्जेमाले एक एक गोल गरे थिए ।
यो जितसंगै २५ खेलबाट ५७ अंक बनाएको रियल शीर्ष स्थानमा कायम रहेको छ भने पराजित अलाभेस २० अंक सहित रेलिगेशन जोनमा छ ।