• २०८१ बैशाख २५ मंगलबार

मछिन्द्र र श्रीलंकाको ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुने

kharibot

काठमाडौं । एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र फुटबल क्लब र श्रीलंकाको ब्लु स्टारबीचको खेल २२ चैतमा दशरथ रंगशालामा हुने भएको छ ।

जारी लिगको सातौं चरणमा लिग लिडरको रूपमा एएफसी कपको प्रारम्भिक चरणमा स्थान बनाएको मछिन्द्रले फिफा बरियताका आधारमा श्रीलंकाको सुपर लिग लिग च्याम्पियनलाई प्रतिस्पर्धाका लागि आतिथ्यता दिने भएको हो । 

एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतियोगिताको समय र स्थान तय गरेसँगै खेल दशरथ रंगशालालमा साँझ ५ बजे सुरु हुने भएको छ । मछिन्द्रले ब्लु स्टारलाई पराजित गर्न सफल भए दोस्रो चरणमा भारतको एटिके मोहन बगानसँग २९ चैतमा कोलकातामा प्रतिस्पर्धा गर्नेछ । 

सो खेल जितेको खण्डमा मछिन्द्र एएफसी कपको समूह ‘डी’ मा स्थान बनाउने छ । जुन समूहमा भारतको गोकुलम केरला, बंगलादेशको बसुन्धरा किङ्ग्स र माल्दिभ्सको माजिया स्पोर्टस छन् । 

यसअघि नेपालको लिग च्याम्पियनको हैसियतमा क्लबले एएफसी कपमा सहभागीता जनाउँदै आएपछि यस वर्ष समयमै लिग हुँन नसक्दा मछिन्द्र साँतौ चरणमा शीर्षस्थानमा रहँदै छनोट भएको हो । 

मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्दैछ । २०७६ सालको लिग च्याम्पियन भएपनि मछिन्द्र एएफसी क्लब लाईसेन्स नहुँदा प्रतियोगितामा भाग लिन पाएन र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले छनोटमा भाग लिएको थियो । 

यद्यपि, आर्मी दोस्रो चरणबाट अगाडि बढ्न सकेन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै