• २०८३ मङ्सिर ३ बिहीबार

ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको सहज जित

ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि सहज जित हासिल गरेको छ ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा रियाद महरेज र केभिन डि ब्रुनेले एक एक गोल गरेका थिए । महरेजले खेलको ४०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै सिरीलाई शुरुवाती अग्रता दिलाएका थिए भने ब्रुनेले खेलको ६९औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए ।

यो जितपछि प्रिमियर लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो अग्रता बढाएको छ । २४ खेलमा ६० अंक रहेको सिटी दोस्रो स्थानमा रहेको लिभरपुलभन्दा १२ अंकले अगाडी रहेको छ ।

त्यस्तै ब्रेन्टफोर्डको भने २४ खेलमा २३ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै