• २०८३ मङ्सिर ३ बिहीबार

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, १३ सय ३७ पदकका लागि प्रतिस्पर्धा हुने

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, १३ सय ३७ पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

बिहीबार, परिषद्ले काठमाडौंमा पत्रकार सम्मेलन गरी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । प्रतियोगिताको उद्घाटन वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुने जनाइएको छ । तर खेलहरू भने मंसिर ८ गतेदेखि नै सुरु हुनेछन् ।

प्रतियोगितामा ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुनेछ । सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ गरी ११ टोली सहभागी हुने परिषद्का सदस्य सचिव रामचरित्र मेहताले बताएका छन् ।

प्रतियोगिताका खेल सुर्खेतमा २३, नेपालगञ्जमा २, बर्दियामा २, दैलेखमा १, कालिकोटमा १, सल्यानमा २ र पश्चिम रुकुममा १ स्थानमा सञ्चालन गरिनेछ ।

प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । व्यक्तिगततर्फ स्वर्ण, रजत र कांस्य विजेताले क्रमशः २० हजार, १५ हजार र ८ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । टिमतर्फ स्वर्ण विजेतालाई १५ हजार, रजतलाई १० हजार र कांस्यलाई ८ हजार रुपैयाँ प्रदान गरिने परिषद्ले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै