• २०८१ बैशाख १९ बुधबार

सुनसरी जिल्ला मुवाँथाईको अध्यक्षमा एलकन थापा चयन 

kharibot

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको छ । धरानमा भएको कार्यक्रमबाट अध्यक्षमा एलकन थापा मगर अध्यक्ष चयन भएका हुन् । 

समितिको उपाध्यक्षमा अशेस लिम्बू, सचिवमा नवीन राई, सह-सचिवमा मिलन राई, कोषाध्यक्षमा सरिता मगर चयन भएका छन् ।  यस्तै, सदस्यहरुमा सागर सुनुवार, प्रिजम राई र जुलन कालिकोटे चयन भएका छन् ।  

उक्त समितिको चयन नेपाल राष्ट्रिय मुवाँथाई संघका केन्द्रीय अध्यक्ष गणेशलाल कक्षपतिको आतिथ्यतामा भएको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै