काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड बर्नलीसँग बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र बर्नली १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
खेलको १८औं मिनेटमा पाउल पोग्वाको गोलमा शुरुवाती अग्रता लिएको युनाइटेडले खेलको ४७औं मिनेटमा गोल खाएको थियो । खेलमा बर्नलीका जय रोड्रीगेजले गोल गर्दै बर्नलीका लागि बराबरी गोल गरेका थिए ।
यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको २३ खेलमा ३९ अंक भएको छ लिगमा पाँचौ स्थानमा रहेको छ ।
त्यस्तै बर्नलीको २० खेलमा १४ अंक छ र लिगमा पुछारमा रहेको छ ।









