• २०८१ बैशाख १७ सोमबार

आगामी फागुन ४ मा बैंकस्तरीय फुटसल प्रतियोगिता हुने

kharibot

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आफ्नो ३२औं वाषिकोत्सवको अवसरमा एनआईबिएल इन्टर–बैंक फुटसल प्रतियोगिता गर्ने भएको छ । फागुन ४ गते गर्ने प्रतियोगितामा १५ वटा बैंकको सहभागिता रहने बैंकले जनाएको छ ।

काठमाडौंको सामाखुशीस्थित सामाखुशी फुटसल हलमा हुने प्रतियोगितामा १६ वटा टिम सहभागी हुनेछन् । प्रतियोगिताको समापन समारोह खेल सकिएलगत्तै सोही स्थानमा गरिनेछ ।
प्ले फर फन भन्ने नारासहित आयोजित प्रतियोगितामा नेपाल इन्भेष्टमेण्ट बैंक लि. रातो र निलो, नेपाल राष्ट्र बैंक लि., नेपाल बैंक लि., कृषि विकास बैंक लि., सनराइज बैंक लि.,ग्लोबल आइएमई बैंक लि., माच्छापुर्छे बैंक लि., सिटिजन इन्टरनेश्नल बैंक लि, एनएमबी बैंक लि., नविल बैंक लि., बैंक अफ काठमान्डौं लुम्बिनी, एनआइसी एसिया बैंक लि., कुमारी बैंक लि., मेगा बैंक नेपाल लि. रनेपाल एसबिआई बैंक लि.सहभागि हँुदै छन् ।

फुटसल प्रतियोगिता सफल बनाउन जगदम्बा स्टिल, स्यामसुङ मोबाइल, गोल्डस्टार सुज, वयोधा हस्पिटल, रेडबुल र ग्लोबल रिच कम्पनीले बैंकलाई सहयोग गरेका छन् । बैंक–बैंकबीचको अन्तर–सम्बन्ध राम्रो बनाउन र कामसंगै रमाइलो पनि आवश्यक पर्ने कुरालाई आत्मसाथ गर्दै नेपाल इन्भेष्टमेण्ट बैंकले फुटसल प्रतियोगिता गर्नलागेको बैंकका सहायक महाप्रबन्धक विकास थापाले बताए ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९८ वटा एटिएम पुगेको छ ।  

५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ५४ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी रु १०.६३ अर्ब रहेको यस बैंकको हाल निक्षेप रु.१३० अर्ब तथा कूल कर्जा लगानी रु. ११४ अर्ब पुगेको छ ।सन् १९८६ मा स्थापना भएको नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले तीन दशक पार गरिसक्दा पाँच पटकसम्म बैंक अफ द इयर अवार्ड प्राप्त गरिसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै