• २०८१ बैशाख २० बिहीबार

सिरिया अप्रेशनमा आईएसआईएस नेता अबु इब्राहिमको मृत्यु भएको अमेरिकाद्वारा पुष्टि

kharibot

काठमाडौँ । अमेरिकी विशेष फौजले बुधबार साँझ उत्तरपश्चिम सिरियामा आईएसआईएस नेता अबु इब्राहिम अल-हाशिमी अल-कुरैशीलाई मारेको पुष्टि गरेको छ ।

राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी सेनाको विशेष अप्रेशनमा आईएसआईएस नेता अबू इब्राहिमलाई मारेको पुष्टि गरेका हुन् ।

सन् २०१९ मा आइएसआइएस नेता अबु बकर अल बग्दादी मारिएपछि अमेरिकाले गरेको यो सबैभन्दा ठूलो हमला हो ।

अमेरिकी सेनाले छापा मार्ने क्रममा र पछि भएको झडपमा कम्तिमा १३ जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा छ बालबालिका र चार महिला रहेको सिरियाली नागरिक रक्षा समूह, ह्वाइट हेल्मेटले पुष्टि गरेको सिएनएनले उल्लेख गरेको छ । यस अप्रेशनमा कुनै अमेरिकी हताहत नभएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै