काठमाडौं । नेपालले मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलको पहिलो हाफको खेल सकिएको छ ।
पहिलो हाफमा नेपालले आफ्नो १-० को अग्रता कायम राखेको छ ।
नेपालकातर्फबाट सुजल श्रेष्ठले खेलको १०औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका हुन् । पहिलो हाफमा मौरिससले पाएको पेनाल्टीलाई गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।
यसअघि सम्पन्न पहिलो खेलमा नेपालले १–० को जित निकालेको थियो ।