• २०८३ जेठ १३ बुधबार

अछामको जनसंख्या साढे २८ हजारले घट्यो

अछामको जनसंख्या साढे २८ हजारले घट्यो

प्रतिनिधि तस्बीर

अछाम । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार अछामको जनसंख्या घटेको छ ।

२०६८ सालको भन्दा २८ हजार ५ सय ७० ले घटेको हो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार अछामको जनसंख्या २ लाख २८ हजार ९ सय ७ रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणनामा अछामको जनसंख्या २ लाख ५७ हजार ४ सय ७७ थियो । 

जिल्लामा सबैभन्दा बढी जनसंख्या मंगलसैन नगरपालिकाको र सबैभन्दा कम बान्निगढी जयगढ गाउँपालिकाको रहेको छ । मंगलसैन नगरपालिकामा २६ हजार ८ सय ४३ रहेको छ भने बान्निगढी जयगढ गाउँपालिकाको जनसंख्या १३ हजार ६ सय ३९ जनसंख्या रहेको छ । 

त्यसैगरी बढी हुनेमा दोस्रो पन्चदेवल विनायक नगरपालिकाको जनसंख्या २६ हजार ३ सय १६ रहेको छ । तेस्रोमा साँफेबगर नगरपालिका  जनसंख्या २५ हजार ९  सय ९० रहेको छ ।

त्यसै गरी तुर्माखाँद गाउँपालिकाको  २४ हजार ४ सय ४० रहेको छ । मेल्लेख गाउँपालिकाको २३ हजार ९६ रहेको छ । त्यसै गरी ढकारी गाउँपालिकाको जनसंख्या २२ हजार ५ सय ५३ रहेको छ । चौरपाटी गाउँपालिकाको जनसंख्या २२  हजार ४ सय ७ रहेको छ भने कमलबजार नगरपालिकाको जनसंख्या २० हजार ९ सय ४७ रहेको छ ।

२०७८ को प्रारम्भिक नतिजा अनुसार महिला १ लाख २३ हजार ५ सय १७ र पुरुष १ लाख ५  हजार ३ सय ९० रहेको छ । अछाममा पुरुष भन्दा महिला १८ हजार १ सय २७ जना बढी देखाएको छ । २०७८ को प्रारम्भिक नतिजा अनुसार ३९ हजार ३ सय ७५ घर संख्याको गणना गरिएको उल्लेख गरिएको छ । अछाममा परिवार संख्या ४९ हजार ९ सय ६९ रहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै