• २०८१ बैशाख १७ सोमबार

चार्टर्ड उडानमा तोकेको भन्दा बढी भाडा तिरेका यात्रुलाई सात दिनभित्र विवरण दिन सरकारको आग्रह

kharibot

काठमाडौं । सरकारले अघिल्लो वर्ष भएका चार्टर्ड उडानमा तोकेको भन्दा बढी भाडा तिरेका यात्रुबाट विवरण माग गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार बढी भाडा तिरेका यात्रुले आफ्नो विवरण खुलाएर मन्त्रालयको इमेलमा जानकारी दिन आव्हान गरेको हो ।

मन्त्रालयले भनेको अन्तर्राष्ट्रिय यात्रु चार्टर्ड उडानमा बढी भाडा तिर्न बाध्य भई मर्का परेका महानुभावहरुले आधिकारिक कागजातसहति सात दिन भित्र निवेदन इमेल गरि छानविन कार्यमा सहयोग पर्‍याउन अनुरोध गरेको छ ।

सरकारले चार्टर्ड उडानमा भएको अनियमितता बारे छानविन गर्न छानविन समिति गठन गरेको छ । कोभिड १९ को संक्रमणको पहिलो चरणमा लकडाउन भएपछि विदेशमा अलपत्र व्यक्तिलाई फर्काउन अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरिएको थियो ।

मन्त्रालयको आव्हान:

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै