काठमाडौँ । पिएम कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफले जितेको छ ।
बुधबार सम्पन्न फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै यस बर्षको पिएम कपको उपाधि जितेको हो ।
एपिएफले दिएको १५८ रनको लक्ष्य पछाएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउदै १३६ रन मात्र बनाएको थियो ।
पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ६५ रन बनाए भने दिलिप नाथले २३ रन बनाएका थिए ।
त्यस्तै एपिएफका किशोर महतोले सर्बाधिक ३ विकेट लिए भने अविनाश बोहोरा, अमर रौतेला र बिपक बोहोराले एक एक विकेट लिएका थिए ।
यसअघि फाइनलमा एपीएफले नेपला पुलिस क्लबलाई १५८ रनको लक्ष्य दिएको थियो ।
टस हारेर पहिला ब्याटिंग गरेको एपिएफले १९.५ ओभरमा अलआउट हुदै १५७ रन बनाएको हो ।
एपीएफका लागि अमर राउटेलाले सर्बाधिक २९ रन बनाए भने सन्दीप जोराले २४, कप्तान शरद भेस्वाकरले १९, भुवन कार्कीले १७ रन बनाए ।
त्यसैगरी पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालएल ३-३ विकेट लिए भने गुलसन झाले २ विकेट लिए । त्यस्तै आरिफ सेख र योगेन्द्र सिंह कार्कीले एक एक विकेट लिए ।