काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिख पराजित भएको छ । गएराती सम्पन्न खेलमा मोन्चेनग्लाडवाचसँग बायर्न म्युनिख २-१ गोल अन्तरले पराजित भएको हो ।
ग्लाडवाचको जितमा खेलको २७औं मिनेटमा फ्लोरियननेउहासले गोल गरेका थिए भने खेलको ३१औं मिनेटमा स्टेफान लेइनेरले गोल गरेका थिए ।
यसअघि खेलको १८औं मिनेटमा रोबेर्ट लेवानडोस्कीले गोल गर्दै बायर्नलाई शुरुवाती अग्रता दिलाएका थिए ।
हारपछि पनि बायर्नको बुण्डेसलिगामा अग्रता कायमै रहेको छ ।
बुण्डेसलिगामा बायर्नले हालसम्म १८ खेल खेल्दै ४३ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको डोर्टमण्ड भन्दा ९ अंकले अगाडी रहेको छ ।
त्यस्तै मोन्चेग्लाडवाचको भने यो जितपछि १८ खेलमा २२ अंक भएको छ र लिगमा ११औ स्थानमा उक्लिएको छ ।









