• २०८३ मङ्सिर ३ बिहीबार

मन्त्री पोखरेलको फिफा र एएफसी अध्यक्षसँग भेट, एन्फामाथिको निलम्बन फुकुवा गर्न सकारात्मक

मन्त्री पोखरेलको फिफा र एएफसी अध्यक्षसँग भेट, एन्फामाथिको निलम्बन फुकुवा गर्न सकारात्मक

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।

बैंककमा आयोजित एएफसी अवार्ड्सका क्रममा उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग छलफल गरेका हुन् ।

भेटका क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको निलम्बन फुकुवा गर्ने विषयमा सकारात्मक छलफल भएको मन्त्री पोखरेलले बताएका छन् । छलफलमा एन्फाको कानुनी प्रक्रिया, तहगत निर्वाचन र निलम्बन फुकुवाका विषय उठेका थिए ।

एन्फाले तहगत निर्वाचन गर्ने सहमति जनाएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि एन्फामाथिको प्रतिबन्ध फुकुवा गरिसकेको छ । यससँगै फिफाले पनि एन्फामाथिको निलम्बन हटाउन मौखिक सहमति जनाएको बताइएको छ ।

अब आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी फिफाबाट समेत निलम्बन फुकुवा हुने अपेक्षा गरिएको छ । यसले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय गतिविधिमा पुनः सक्रिय हुने बाटो खोल्ने विश्वास गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै