काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले रायो भल्लेकानोलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले भल्लेकानोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिकोको जितमा एन्जेल कोरियाले दुवै गोल गरेका थिए । कोरियाले खेलको २८औं र ५३औं मिनेटमा गोल गरेका थिए ।
यो जितपछि एटलेटिकोको १९ खेलमा ३२ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ ।
त्यस्तै रायो भल्लेकानोको भने १९ खेलमा ३० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै स्पेनिस लिगमा आइतबार नै भएको खेलमा रियल म्याड्रिड गेटाफेसँग स्तब्ध हुदै १-० गोल अन्तरले पराजित भएको थियो ।









