• २०८१ बैशाख २३ आइतबार

आरआर क्याम्पसमा प्राध्यापकमाथि कुटपिट गर्ने विद्यार्थी निष्कासित

kharibot

काठमाडौँ । प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसले परीक्षा हलभित्र प्रवेश गरी प्राध्यापकमाथि हातपात गर्ने विद्यार्थीलाई निष्कासन गरेको छ ।

यही पुस ६ गते स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेका बेला हलमा प्रवेश गरी सोही क्याम्पसका स्नातक तह दोस्रो वर्षका विद्यार्थी कुवेर जोठाराले निरीक्षक रहेका प्राध्यापकमाथि साङ्घातिक हमला गरेका थिए । 

क्याम्पस प्रमुख डा जीवधर ज्ञवालीले उक्त कार्यले क्याम्पस प्रशासनको वातावरणमा खलल पुगेकाले निज विद्यार्थीलाई निष्कासन गरी कानूनी कारबाही अघि बढाइएको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै