• २०८३ मङ्सिर ४ शुक्रबार

पिएसजीको जितमा एम्बाप्पेको दुई गोल

पिएसजीको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले मोनाको माथि सहज जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले मोनाकोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा दुवै गोल किलियन एम्बाप्पेले गरेका थिए ।

एम्बाप्पेले पहिलो गोल खेलको १२औं मिनेटमा पेनाल्टी मार्फत गरेका थिए भने दोस्रो गोल खेलको ४५औ मिनेटमा लियोनेल मेसीको असिस्टमा गरेका थिए ।

यो जितपछि शिर्ष स्थानमा रहेको पिएसजीको लिग वानमा १३ अंकको अग्रता भएको छ । पिएसजीको १८ खेलमा ४५ अंक भएको छ ।

त्यसैगरी मोनाकोको १८ खेलमा २६ अंक रहेको छ र लिगमा आठौ स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै