• २०८१ बैशाख २० बिहीबार

चिनियाँ उपप्रधानमन्त्री वाङद्वारा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट

kharibot

तस्विर : राष्ट्रपतिको कार्यालय

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले आज अपराह्न राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गरेका छन् । 

त्यस अवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटका अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत यु होङ र दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै