• २०८१ बैशाख २० बिहीबार

प्रधानमन्त्री देउवा र चिनियाँ उपप्रधानमन्त्रीबीच भेटवार्ता, दुई पक्षीय हितका विषयमा छलफल 

kharibot

तस्विर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ  ।  प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले भेटवार्ता गरेका छन् । चार दिने भ्रमणको तेस्रो दिन प्रधानमन्त्री देउवालाई भेटेका याङले दुई पक्षीय हितका विषयमा कुराकानी गरेका थिए । 

प्रधानमन्त्री देउवाले भूकम्पले क्षतिग्रस्त भएको अरनिको राजमार्ग पुनर्निर्माण छिटो गर्नु पर्नेमा जोड दिएको र सिगात्सेबाट काठमाडौं, पोखरा हुँदै लुम्बनी जोड्ने रेलमार्ग निर्माणबारे छलफल भएको बताइएको छ ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न नेपाल आतुर रहेको र जवाफमा चिनियाँ उपप्रधानमन्त्री वाङले राष्ट्रपति चाँडै नेपाल आउने र भ्रमणको मिति कूटनीतिक स्तरबाट तय हुने जवाफ दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा बाहिरी चक्रपथ निर्माण, चीनले अघि सारेको वान बेल्ट वान रोड (ओबिओआर), दुई देशबीचको व्यापार घाटाबारे कुराकानी भएको बताइएको छ ।
चीनको बहुचर्चित परियोजना ओबिओआरमा अघिल्लो सरकारले  हस्ताक्षर गरिसकेको छ । 

भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङसहित आठ उच्च चिनियाँ अधिकारी उपस्थित थिए । त्यसैगरी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै