• २०८१ बैशाख १५ शनिबार

सुष्मा स्वराज एक्कासी नेपाल आउनु रहस्यमय - डा. शेखर कोइराला

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज एक्कासी नेपाल आउनु कुटनीतिक प्रक्रिया अनुसार असुहाउँदो भएको बताएका छन् ।

गृह निवास बिराटनगरमा बिहीबार नेपाल प्रेस युनियन मोरङ गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले बाम गठबन्धनको सरकार बन्न लागिरहेकै बेला एक्कासी बिशेष दूतका रुपमा विदेशमन्त्री स्वराज नेपाल आउनु कुटनीतिक प्रकृया अनुसार असुहाउँदो र रहस्यम भएको बताएका छन् ।

डा. कोइरालाले नयाँ सरकार बसिनसकेपछि कुटनीतिक दूतहरु बिशेष भेटघाटमा आउने प्रचलन रहेको भएपनि नेपालमा चाहि नयाँ सरकार नबन्दै भारतीय विदेशमन्त्री नै विशेष रुपमा नेपाल आउनु रहस्यम भएको बताएका हुन् । उनले भने – ‘सरकार बनेकै छैन कसलाई भेट्ने, के कुरा गर्ने ?’

कोइरालाले नेपालका केही शिर्ष नेताहरुको आग्रहमा स्वराज नेपाल आउन लागेको आफूले जानकारी पाएको बताए । भारतीय बिदेशमन्त्री स्वराज आज अपराह्न विशेष बिमानबाट नेपाल आउँदैछिन् ।

यसैगरी नेता कोइरालाले एमाले अध्यक्ष केपी ओलीले एक पटक सम्पत्ति शुद्धिकरण गर्न दिने कि भन्ने भनाई प्रति आपत्ति जनाउँदै कोइरालाले भावी प्रधामन्त्रीका रुपमा चर्चा पाएको व्यक्तिले त्यसो भन्नु अशोभनीय र गैर जिम्मेवार अभिव्यक्ति रहेको बताए ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाप्रति रुष्ट कोइरालाले केन्द्रिय समितिको निर्णय अनुसार चाँडै महासमितिको बैठक बोलाएर महाधिबेशन गराउन माग गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै