• २०८१ बैशाख २० बिहीबार

खल्तीले फेरि ल्यायो आइफोन १३  जित्ने मौका 

kharibot

काठमाडौँ। नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आइफोन जित्ने मौका फेरि ल्याएको छ । खल्तीमा आइफोन १३ अफर र साथै १ लाख खल्ती पोइन्ट्स मात्र  पचासमा पाउन सकिने छ । यो क्याम्पेन ५ डिसेम्बर देखि सुरु हुदैँ १४ जनवरी सम्म लागुहुनेछ ।

प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर “खल्ती मा आइफोन”बाट मात्र पचासको रिचार्ज गर्नुपर्ने छ। त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ। जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोवाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नुहुनेछ। अन्तिममा एक जना भाग्ग्यशाली विजेताले आइफोन १३ प्राप्त गर्न सक्ने छ । साथै दैनिक एक जना भाग्ग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स पाउन सक्ने छ । यदि तपाइको खल्ती केवाईसी भेरिफाइड छ भने तपाई यस क्याम्पेनमा भाग लिन योग्य हुनेछ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले गत वर्ष यस आइफोन १२क्याम्पेनको सफलतापछि अर्को आइफोन अभियानलाई अगाडि बढाउन पाउँदा उत्साहित भएको बताएका छन् । यो क्याम्पेन ल्याउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई डिजिटल नेपालको लागि प्रोत्साहित गर्नु पनि रहेको खड्काले बताएका छन् । 

“खल्तीमा आइफोन १३ ” को विजेता घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत लक्की ड्र मार्फत गरिनेछ।

२० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको ’खल्ती’ले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ।खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै